घट्यो नेप्से
काठमाडौं। नेप्से परिसूचक तीन महिनापछि २६ सय मुनि ओर्लिएको छ। गत चैत १३ गते २५७९ बाट बढ्न थालेको नेप्से बढ्दै २७२२ सम्म पुग्न सकेको थियो।
करिब दुई सातादेखि नेप्से २७ सय माथि जान र २६ सयमा अडिन संघर्ष गरिरहेपनि सफल हुन सकेन। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेको हो।
यसदिन सबै समूहगत परिसूचक घटेका छन्। हाइड्रोपावर र होटेल समूहमा सबैभन्दा धैरै क्रमशः २।७८ प्रतिशत र ३।१३ प्रतिशतले घटेका छन्। यसदिन कारोबार रकम पनि घटेको छ। बिहीबार ११ अर्ब २३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब १४ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम दुई अर्ब नौ करोड रूपैयाँ घटेको हो। आज ३१० वटा धितोपत्रको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच भएको हो। आइतबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ। यसदिन जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४८ रूपैयाँ ६० पैसा कायम भएको छ। सप्तकोशी डेभलपमेन्टको मूल्य ५.६० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४८ रूपैयाँ ७१ पैसा पुगेको छ।
पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७७ रूपैयाँ ९० पैसामा झरेको छ। युनियन हाइड्रोपावरको मूल्य ६.२४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४१० रूपैयाँ ३४ पैसा कायम भएको छ। आइतबार दोर्दी खोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३५९ रूपैयाँ ९० पैसामा ७५ करोड ७३ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८३ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३५ रूपैयाँमा ७४ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




