कला

फिल्ममा आफ्नो नम्बर प्रयोग गरेको भन्दै अनमोल केसीविरुद्ध मुद्दा

काठमाण्डौं। अभिनेता अनमोल केसी र उनी अभिनीत फिल्म ुफर्की फर्कीु को टिमविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।फिल्ममा आफ्नो नम्बर प्रयोग गरेको भन्दै नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दायर गरेको सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

मोबाइल नम्बर अनुमतिबिना प्रयोग गर्दा आफूलाई मानसिक असर परेको श्रेष्ठको भनाइ छ। ‘फर्की फर्की’मा अभिनेताले अभिनेत्रीलाई मोबाइल नम्बर दिएको एक दृश्यमा श्रेष्ठको मोबाइल नम्बर प्रयोग गरिएको जनाइएको छ। त्यसले आफूलाई लगातार फोन आएर हैरान भएको उनले दायर गरेको मुद्दामा उल्लेख छ।

मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कारबाही र क्षतिपूर्ति समेत माग गरिएको छ। रोहित अधिकारीको निर्माता तथा सुयोग गुरूङको निर्देशन रहेको फिल्म ‘फर्की फर्की’ हलमा गतवर्ष रिलिज भएको थियो।

 

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...