बुधबार, भदौ ११, २०८२
English
Follow us:

इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा गर्‍यो आक्रमण

इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा गर्‍यो आक्रमण

  • खबर सेवा

  • मङ्लबार, असार १०, २०८२

  • 52
    SHARES
इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा गर्‍यो आक्रमण

काठमाडौँ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ।

इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ। कतारी रक्षा मन्त्रालयले कुनै मानवीय क्षति नभएको बताएको छ।

अमेरिकी सेनाले उक्त हमलालाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको समाचारहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै इरानतर्फबाट ५० भन्दा बढी मिसाइल प्रहार भएको थियो ।

स्थानीय समय अनुसार सोमबार साँझ करिब ७ः५५ बजे भएको उक्त घटनापछि कतारमा रहेका आफूहरुमा त्रासको वातावरण सिर्जना भएको एक नेपालीले बताए । घटनालगत्तै कतारी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा बन्द गरिएको घोषणा गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology