खेलकुद

थ्रीस्टारका पूर्वअध्यक्ष जोशीले दिए एन्फा सहायक महासचिव पदबाट राजीनामा

काठमाडौं। थ्रीस्टार क्लब क्लबका पूर्वअध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट राजीनामा दिएका छन्।

जोशीले बुधबार विज्ञप्ति जारी गरी आफूले एन्फाको सहायक महासचिवबाट राजिनामा दिएको जानकारी दिएका हुन्।

जोशीले २०७९र८० को सहिद स्मारक ए डिभिजन लिग हुँदा आफू थ्रीस्टारको अध्यक्ष रहेको र एन्फाले पूर्वाग्रह राखेर क्लबप्रति अन्याय गरेका कारण नैतिकताका आधारमा सहायक महासचिव पदमा बसिरहन उपयुक्त नठानी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

जोशीले विज्ञप्तिमा लेखेका छन्, ‘२०८० जेठ २७ गते सम्पन्न ए डिभिजन लिगअन्तर्गत जावलाखेल युथ क्लबसँगको अन्तिम खेलमा थ्री स्टार क्लबले भिसाको म्याद सकिएको दुई विदेशी खेलाडी खेलाएको भन्दै १–० ले विजय भएको खेललाई एन्फाको पुनरावेदन समितिबाट उल्टाउने निर्णय भएको भन्ने जानकारी गराएको रहेछ। दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएका एपीएफ फुटबल क्लबको उजुरीको आधारमा कारबाही गरेर उक्त खेलबाट थ्री स्टार क्लबलाई एन्फाको पुनरावेदन समितिबाट प्राप्त अंक परिवतन गर्ने र उक्त अंक सो खेलमा सहभागी प्रतिस्पर्धी क्लबले प्राप्त गर्ने निर्णय गरेको रहेछ। सोही विषयको सम्बन्धमा यसअघि अनुशासन समितिले ती दुई खेलाडी र क्लबलाई समेत जरिवाना गर्ने निर्णय गरेको थियो। एउटा घटनामा पटकपटक कारबाहीको निर्णय गर्न मिल्छ?’

जोशीले एन्फालाई प्रश्नैप्रश्न गरेका छन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...