राजनीति

मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको अपिल

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेको छ । यसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको हो ।

२०७९ सालमा सम्पन्न भएको विभिन्न तहका निर्वाचनपछि विभिन्न कारणले केही पदहरू रिक्त हुन गएका छन्।

सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको हुँदा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० को खण्ड २ मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ ।’

आयोगका पदाधिकारीहरूले निर्वाचन गर्ने बारे गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं।३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं।१ ९२० रिक्त रहेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त भएको हो । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।

सम्बन्धित समाचार

रवीन्द्र मिश्रले छाडे राप्रपा

रवीन्द्र मिश्रले छाडे राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...