अर्थ

सेयर बजार २६ अङ्कले बढ्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बजार परिसूचक २६.५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ को विन्दुमा पुगेर बन्द भएको छ। यो १।०२ प्रतिशतको वृद्धि हो ।

आइतबार दिनभरको कारोबारमा बजार सकारात्मक देखिएको थियो। कुल २४८ कम्पनीका ३२८ वटा स्क्रिपको कारोबार भएकोमा १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आज कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन ।

बजार बढेसँगै कारोबार रकममा पनि राम्रो वृद्धि देखिएको छ। दिनभरमा ७४ हजार ७५२ पटकको कारोबारबाट कुल १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बढ्दो बजारसँगै आज बजारमा उत्पादनमूलक बाहेक सबै परिसूचकमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै वृद्धि बैंकिङ क्षेत्रमा २ प्रतिशत बराबर रहेको छ । कारोबार रकमका आधारमा आज साहस ऊर्जा सबैभन्दा अगाडि रह्यो। कम्पनी एक्लैको ५७ करोड ८६ लाखभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि क्रमशः बीपीसीएल र युनिभर्सल पावर कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।

आजको बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्यमा ९।९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी विन्धवासीनी हाइड्रोपावरका लगानीकर्ताले ८।९७ प्रतिशत कमाएका छन्। सबैभन्दा धेरै गिरावट जोशी हाइड्रोपावर कम्पनीको ५।५७ प्रतिशतले भएको छ ।

आजको कारोबारसँग समग्र बजारको पुँजीकरण बढेर ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

 

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...