अर्थ

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य घटबढ् हुँदा धेरैजसो तरकारीको मूल्य हिजो अस्तीकै यतावत छ। कालिमाटीमा आज च्याउको मूल्य केही घटेको छ। तर, काउली, फर्सी, भिण्डीसहितका तरकारीको मूल्य भने बढेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७०, सानो लोकल गोलभेँडा २५, टनेलको गोलभेँडा ३७, रातो आलु ४३, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, बन्दा ३०, स्थानीय काउली ६३, हाइब्रिड सेतो मुला २०, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ३५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

करेला ३२, लोकल परबल ४०, घिरौँला ५०, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी ३३, पाकेको फर्सी ४५, भिन्डी ४४, कन्य च्याउ १५३, डल्ले च्याउ ३२०, ब्रोकाउली ६१, न्युरो ११० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७०, सानो लोकल गोलभेँडा २८, टनेलको गोलभेँडा ३९, रातो आलु ४४, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, बन्दा २७, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला १८, लाम्चो भन्टा २६, डल्ले भन्टा ३५, तने बोडी ३३, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ३१, लोकल परबल ४०, घिरौँला ५५, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३०, डल्ले फर्सी ३६, पाकेको फर्सी ४२, भिन्डी ४०, कन्य च्याउ १७०, डल्ले च्याउ ३२५, ब्रोकाउली ६६, न्युरो १२५ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...