मेलेसियाविरुद्ध नेपालको ९ विकेटको जित
काठमाडौँ। नेपाल एसीसी मेन्स इस्ट जोन कप २०२५ मा नेपाली टोलीले घरेलु टोली उपाधि नजिक पुगेको छ।
सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए भने शिवान्स बजागाइँले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए।
प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए। त्यसअघि क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३।१ ओभरमा ९० रनमा अलआउट भयो।
मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए। अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालका अभय यादवले ४ विकेट लिए। उनले १० ओभरमा १५ रन खर्चिए।
शुभम् खनालले ३ विकेट लिन सफल भए भने सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माको नाममा १(१ विकेट रह्यो।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




