राजनीति

‘मलाई स्पष्टीकरण सोधिएको छैन’ : रामकुमारी झाँक्री

काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्।

बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण सोधिएपछि उनले पार्टी बैठकमै आफ्नो कुरा राख्न समय मागेकी थिइन्।

त्यसैका लागि पार्टी सचिवालय बैठक पुगेकी झाक्रीले आफूले स्पष्टीकरणको पत्र नपाएको र सोध्दा पनि नसोधेको दाबी गरेकी हुन्।

‘मलाई स्पष्टीकरण सोधेको भनेको निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई स्पष्टीकरण सोधिएको छैन, सोध्ने निकाय पनि थाहा छैन। कुन तहको बैठकको निर्णयले दिनुभएको हो थाहा छैन। खाली दुई–तीन जना मानिसहरूले टिभीमा गएर स्पष्टीकरण सोधियो, लियो भन्नेकुरा गर्नुभएको छ,’ बिहीबार दिउँसो पार्टी कार्यालय आलोकनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्।

उनले स्पष्टीकरण सोधेको भनेर पार्टीका ‘शक्तिशाली पदाधिकारीहरू’ले बोलेको थाहा पाएपछि आफू त्यसबारे बुझ्न र बैठकमै कुन सन्दर्भमा बोलेको हो भनेर प्रष्ट्याउन समय मागेको बताइन्।

एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले झाक्रीलाई तीन दिनभित्र जबाफ पेस गर्ने गरी स्पष्टीकरण सोधेको बताएका थिए। पाण्डेका अनुसार झाक्रीले आजसम्म जबाफ बुझाइसक्नुपर्नेछ।

सम्बन्धित समाचार

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

दुईतिहाई बहुमततिर रास्वपा!

दुईतिहाई बहुमततिर रास्वपा!

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।...

रवीन्द्र मिश्रले छाडे राप्रपा

रवीन्द्र मिश्रले छाडे राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...