एलन मस्कले नयाँ पार्टी किन बनाए?
न्यूयोर्क। अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका ८० प्रतिशत मतदाताको आवाजका रूपमा वर्णन समेत गरेका छन्।
मस्कले घोषणा गरेको पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन भने उनले पार्टीको नेतृत्व कसले गर्ने वा यसको संरचना कस्तो हुनेछ भनेर पनि बताएका छैनन्।
मस्कले किन पार्टी बनाए?
ट्रम्पसँग विवाद हुँदा मस्कले पहिलोपटक नयाँ दलको मुद्दा उठाएका थिए। विवादपछि ट्रम्प सरकारबाट अलग भएर उनी ट्रम्पसँग कडा रूपमा सार्वजनिक बहसमै उत्रिए।
पार्टीको घोषणासँगै मस्कले अहिले सिनेटको २–३ सिट र ८–१० हाउस डिस्ट्रिक्टहरूमा मात्र ध्यान केन्द्रित गर्ने बताएका छन्। अमेरिकामा प्रत्येक दुई वर्षमा सबै ४३५ अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ सिटका लागि चुनाव हुन्छ। यस बाहेक ६ वर्षको कार्यकाल पूरा गर्ने सिनेटका १०० सदस्यमध्ये लगभग एक तिहाइ, प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन्। मस्कको नजर ती सदस्यहरूमा छ।
ट्रम्पसँगको विवाद पछि मस्कले एक्समा एक सर्वेक्षण चलाएका थिए, जसमा उनले मानिसहरूलाई ‘अमेरिकामा नयाँ राजनीतिक दल हुनुपर्छ?’ भनेर सोधेका थिए। उनको प्रश्नको उत्तर दिएका धेरैजसो प्रयोगकर्ताहरूले नयाँ पार्टीलाई समर्थन गरेका थिए।
त्यही सर्वेक्षणलाई उल्लेख गर्दै शनिबार मस्कले लेखे, ‘सर्वेक्षणअनुसार तपाईंहरू नयाँ पार्टी चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ। हामी लोकतन्त्रमा होइन, अनावश्यक खर्च र भ्रष्टाचारले देशलाई बर्बाद गर्ने पार्टी प्रणालीमा बाँचिरहेका छौं। आज फेरि आफ्नो स्वतन्त्रता दिलाउन ‘अमेरिका पार्टी’ गठन गरिएको छ।’
सन् २०२४ को चुनावमा ट्रम्पका मुख्य समर्थक रहेका मस्कले ट्रम्पको जितका लागि लगभग २५ करोड डलर खर्च गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




