
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित कतिपय विदेशी मुद्राको विनिमयदर भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ५९ र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५८ र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा थियो।
आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १५ र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १० र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा थियो। आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा थियो।आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा थियो।