समाचार

काठमाडौँका यी क्षेत्रमा छ बाढी जोखिम

काठमाडौँ। रातभरको वर्षाले उपत्यकाभित्रका खोला बढेर जोखिम निम्त्याउने अवस्थामा छन्। खोलामा आएको बाढीले विनास गर्न सक्ने भन्दै नेपाल बाढी सूचनाले सचेत गराइरहेको छ।

नेपाल बाढी सूचनाका अनुसार विष्णुमतीको गोंगबु र बागमतीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ।

नदीमा बढ्दो बहावले तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुलाई सतर्कता रहन अनुरोध गरिएको छ।

मनोहरा (बालकुमारी) जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुरोध गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बल्खु खोला(बलम्बु) जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...