अर्थ

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ८५, गाजर (तराई) प्रतिकिलो ६५, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ५५, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भान्टा लाम्चो प्रतिकिलो ३०, भान्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ४० र मकै बोडी प्रतिकिलो ६५ कायम भएको छ।

मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ६५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १५०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ३०, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ।

सखरखण्ड प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो १४०, पालुंगो साग प्रतिकिलो १६०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो २००, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३६०, कुरिलो प्रतिकिलो २७५, निगुरो प्रतिकिलो १०० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १७०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो ७०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १०००, पुदिना प्रतिकिलो १७०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १४५, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३५०, आँप (माल्द) प्रतिकिलो ११०, आँप (दशहरी) प्रतिकिलो ११०, अंगुर (हरियो) प्रतिकिलो २५०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १७०, काँक्रो (लोकल) प्रतिकिलो ७०, रुखकटहर प्रतिकिलो ६०, नास्पाती (लोकल) प्रतिकिलो ६०, नास्पाती (चाइनिज) प्रतिकिलो २३०, मेवा (भारतीय) प्रतिकिलो १०० निर्धारण गरिएको छ।

यसैगरी, अदुवा प्रतिकिलो ११०, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ३०, खुर्सानी हरियो माछे प्रतिकिलो ७०, खुर्सानी हरियो अकबरे प्रतिकिलो २३०, भेडे खुर्सानी प्रतिकिलो १०० निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...