काठमाण्डु गुर्खाजको प्रशिक्षकमा मोन्टी देसाई
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाण्डु गुर्खाजले दोस्रो सिजनका लागि प्रशिक्षक मोन्टी देसाईलाई अनुबन्ध गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा सम्झौता नवीकरण नगर्ने निर्णय क्यानले गरेपछि बाहिरिएका देसाई पुनः नेपाल फर्किने तय भएको हो।
भारतीय प्रशिक्षक देसाईलाई काठमाण्डुले बिहीबार साँझ ६ बजे अनुबन्ध गरेको घोषणा गरेको छ। काठमाण्डुमा अनुबन्ध भएपछि उनले समर्थकलाई आफू त्रिवी क्रिकेट मैदानमा भेट्न एकदमै उत्सुक रहेको बताएका छन्। उनले नेपाली क्रिकेट र समर्थकको उच्च प्रशंसा गरेका छन्।
काठमाण्डु गुर्खाजको मार्की खेलाडी करण केसी हुन्। टोलीमा केसीसँगै रसिद खान, प्रतिक श्रेष्ठ, दिपेश कँडेल, भीम सार्की र सहाव आलमलाई रिटेन गरेको छ। बाँकी खेलाडी अक्सनबाट छानिने छन्।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




