अर्थ

सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, आजदेखि पसल खुल्ने

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग ६ बुँदे सहमति भएपछि करिब एक महिना लामो आन्दोलन स्थगित गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएसँगै सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित रूपमा खुल्ने भएका हुन्।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए। उनीहरूले यो व्यवस्थाले उपभोक्ता र व्यवसायी दुवैलाई असर पार्ने भन्दै भ्याट फिर्ताको माग गर्दै आएका थिए।

विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

वार्तामा निम्न ६ बुँदे सहमति भएको छ

कार्यदल गठनस् कर र भ्याटसम्बन्धी विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरिनेछ। यस कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहनेछ।

कर र भ्याट तत्काल लागू नहुनेस् कार्यदलले प्रतिवेदन पेस नगरेसम्म वृद्धि भएको कर र भ्याट लागू नहुने सहमति भएको छ, यद्यपि सहमतिका बुँदामा यो कुरा स्पष्ट रूपमा उल्लेख छैन।

विलासिता करको पुनरावलोकनस् विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकनका लागि सिफारिस गरिनेछ।

बिक्रीवितरणमा स्पष्ट व्यवस्थास् सुनचाँदीको बिक्रीवितरणका सन्दर्भमा स्पष्ट व्यवस्था मिलाइनेछ।

स्थानीय बजारमा सुनको पहुँचस् स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने व्यवस्था गरिनेछ।

कार्यविधि कार्यान्वयन र संशोधनस् वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ को प्रभावकारी कार्यान्वयन र आवश्यकताअनुसार संशोधन गरिनेछ।

सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वार्तामा पूर्वमन्त्रीहरू छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्मा पनि सहभागी थिए।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...