स्वास्थ्य
२८ असार २०८२ १३:४७
खबर सेवा · More from author
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
खबर सेवा
भक्तपुर। भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्।
स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो।
उनले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताए।
मन्त्री थापाले भने, ‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौँ । त्यसबापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चारखर्चको व्यवस्था गरेका छौँ।’
उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको उल्लेख गरे।
योग सिकाउने प्रशिक्षकले पनि अब प्रदेशको तालिम लिएर प्रमाण लिएपछि मात्रै गुरु बन्न पाउने व्यवस्था गरेको बताउँदै उनले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, वन मन्त्रालय, कृषिलगायत मन्त्रालयको कार्यक्रममा पनि स्वास्थ्यलाई जोडेर लैजाने बताए।
प्रदेश सरकारले पनि एमडी र एमबीबीएसको पढाइ सुरु गरेको बताउँदै उनले भक्तपुर अस्पताललगायत प्रदेश अस्पताल भवन, अधुरो स्वास्थ्य चौकीका भवनलाई पूर्णता दिनगरी बजेटको व्यवस्थापन गरेको बताए।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुने बताए।
खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुँदै गएको बताउँदै उनले नियमित खोप कार्यक्रमको प्रभावकारीले ८० प्रतिशत बाल मृत्युदर घटेको बताए।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा अभियान गौतमलगायतले खोप कार्यक्रमलाई आगामी दिनमा पनि प्रभावकारी बनाएर लैजानुपर्ने बताए।
जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले घरघरमा गएर खोप सुनिश्चितता गरेर शून्यमा झारेको बताउदै भक्तपुरमा कोही पनि बालबालिका खोपबाट वञ्चित हुन नपरेको बताए। उनले आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र कोही पनि खोपबाट बञ्चित हुन नपर्ने गरी दिगोपना दिने बताए।
त्यस अवसरमा चार वटा नगरपालिकाका र खोप सुनिश्चित घोषणामा सहयोग पु¥याउने निकायलाई सम्मान गर्नुका साथै महिला स्वयंसेविकाहरुलाई मन्त्री थापाले सम्मान गरे।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने
काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...
१४ फागुन २०८२ १२:२६
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...
१३ फागुन २०८२ १७:१७
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...
१३ फागुन २०८२ १०:५८
स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...
९ फागुन २०८२ १६:०९




