खेलकुद

साफ यू२० महिला च्याम्पियनसिप : अन्तिम मिनेट सम्हालिन नसक्दा बंगलादेशविरुद्ध नेपालको हार

काठमाडौँ। नेपाली टिम अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशविरुद्ध साफ यू२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ। २–० गोलले अघि रहेको बंगलादेशमाथि पुनरागमन गर्दै नेपाली टिम खेलमा फर्किएको थियो। तर अतिरिक्त समयको अन्तिम मिनेटमा नेपाली डिफेन्डर चुक्दा खेलको नतिजा उल्टियो।

पहिलो हाफमा बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औँ मिनेटमा बंगलादेशले अग्रता बनायो। सिना जहान शिखाले गोल गरिन्। डिफेन्डर गंगा रोकायाले गोल लाइनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्।

यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो। २८औँ मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रसबारमा लागेर फर्कियो।

३६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर गर्‍यो। गोलकिपर सुजाता तामाङले बललाई राम्ररी समाउन नसक्दा सागोरिकाले गोल गरिन्।

दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सीमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाए। नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो। अनिशा राईले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याइन्।

त्यसपछि ५ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा नेपालले बराबरी गोल गर्‍यो। पूर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २-२ को स्थितिमा पुर्‍याइन्। तर बंगलादेशले इन्ज्युरी समयको १२ औँ मिनेटमा विजयी गोल गर्‍यो। श्रीमती तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।

डबल राउन्ड रोबिनमा हुने च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता रहेको छ। पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपालले अब श्रीलंकासँग खेल्नेछ। बंगलादेशले श्रीलंकालाई ९-१ ले हराएको थियो।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...