फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
काठमाडौँ। चेल्सीले पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। आइतबार राति मेट लाइफ स्टेडियममा भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई चेल्सीले उपाधि चुमेको हो। पीएसजीमाथि चेल्सीले ३–० गोलको सहज जित निकालेको हो।
चेल्सीको जितमा कोल पाल्मरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे। दोस्रो हाफमा पीएसजी १० खेलाडीमा समित हुँदा चेल्सीले कुनै गोल थप्न सकेन। पहिलो हाफको २२ औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसको आठ मिनेटपछि अर्थात खेलको ३०औँ मिनेटमा पाल्मरले व्यक्तीगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। पहिलो हाफको ४३औँ मिनेटमा पेड्रोको गोलमा चेल्सीले पीएसजीमाथि ३–० को फराकिलो अग्रता बनाउन सफल भयो।
पहिलो हाफमा नै ३–० ले पछि परेको पीएसजी खेलको ८५औँ मिनेटमा १० खेलाडीमा सीमित बन्न पुग्यो। मिडफिल्डर जोआओ नेभेसले डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेपछि भारको सहायतामा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी पहिलोपटक फिफा क्लब विश्वकपमा विजयी भयो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




