आइतवार, भदौ १, २०८२
English
Follow us:

आयुष र एलिजेले गरे कानुनी विवाह

आयुष र एलिजेले गरे कानुनी विवाह

  • खबर सेवा

  • सोमवार, असार ३०, २०८२

  • 103
    SHARES
आयुष र एलिजेले गरे कानुनी विवाह

काठमाडौं। टिकटकमा प्रेम जोडीका रूपमा परिचित एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी रुपमा विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले कानुनी रुपमा विवाह गरेका हुन् ।

विवाह पछिको तस्बीर एलिजेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । जहाँ दुवैले परम्परागत बेहुला–बेहुलीको पोशाकमा दुबोको माला लगाएको र विवाह प्रमाणपत्र समातेको देखिन्छ ।

उनले सो तस्बीर पोस्टाउदै लेखेकी छिन्, ‘उनीहरूले हामीलाई अनलाइनमा खोजे । तर, हामी भने सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं । मिस्टर एण्ड मिसेस ।’

नेपालका आयुष सिंह र दुवईकी एलिजे जमालीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको चर्चा चल्दै आएको थियो । सामाजिक सञ्जालमा सक्रिय यो जोडीले गत वर्ष दुबईमा इन्गेजमेन्ट गरेका थिए ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology