सोमवार, भदौ २, २०८२
English
Follow us:

कति छ आजको डलरको भाउ?

कति छ आजको डलरको भाउ?

  • खबर सेवा

  • मङ्लबार, असार ३१, २०८२

  • 38
    SHARES
कति छ आजको डलरको भाउ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ५६ र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ १४ र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ १५ र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९४ र बिक्रीदर १८५ रुपैयाँ ७५पैसा थियो। त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १२ पैसा र बिक्रीदर ४५० रुपैयाँ ०८ पैसा थियो। आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology