लकेन लिम्बूले खेल्ने भए कम्बोडियन प्रिमियर लिग
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लकेन लिम्बूले कम्बोडियन प्रिमियर लिग खेल्ने भएका छन्। उनले सिजन २०२५/२६ का लागि कम्बोडियन प्रिमियर लिग खेल्ने टोली किरिभोङ सोक सेन चे एफसीसँग सम्झौता गरेका छन्।
२२ वर्षीय लकेन सिंगापुरमा हुर्किएका फुटबलर हुन्। दुई वर्षअघि उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले डेब्यू यता एक असिस्ट र एक गोल गरेका छन्। यसअघि भारतको आइ-लिग क्लब दिल्ली एफसी खेलेका थिए। यस्तै उनले नेपाल सुपर लिगमा उनले झापा एफसीको मार्की खेलाडी भएर खेलेका थिए।
कम्बोडियाको क्लबमा आबद्ध भएपछि उनले खुसी व्यक्त गर्दै खेल्न व्यग्र प्रतिक्षा गरेको बताएका छन्। यस्तै उनले विगत चार वर्षदेखि नेपालमा खेलिरहेको तथा नेपाल र भारतका क्लबबाट खेलेर अनुभव बटुलेको पनि बताए।
उनले आफ्नो अनुभव नयाँ टोलीका लागि सहयोगी हुने विश्वास व्यक्त गर्दै आफूले मुख्यता सेन्ट्रल मिडफिल्डको भूमिका खेल्ने बताए।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




