खेलकुद

साफ यू२० महिला च्याम्पियनसिप : श्रीलंकासँग फराकिलो अन्तरले नेपालको जित

काठमाडौँ। नेपालले साफ यू२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७-० को फराकिलो अन्तरमा हराएको छ। मिना देउवाको ह्याट्रिकमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको हो। मिनाका बाबजुत खेलमा पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले समान १ गोल गरे।

खेलको आठौं मिनेटमा मिनाले गोलको खाता खोलिन्।‌१३ औं मिनेटमा समिक्षाले अग्रता दोब्बर पारिन्। खेलको ४२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो। मिनाले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरिन्।

पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले दुई गोल गरिन्। थप गरिएको ४ मिनेटको दोस्रो मिनेटमा काउन्टर एटयाकमा बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लियो। यसपछि इन्ज्युरी समयको चौथौ मिनेटमा पूर्णिमाले किपरसँगको वान भर्सेज वानमा हानेको प्रहार किपरको हातमा लागेर गोलमा परिणत भयो। पहिलो हाफमा नेपालले ५-० को अग्रता बनायो।

दोस्रो हाफमा भने श्रीलंका विरूद्ध नेपालले दुई गोल मात्र गर्न सक्यो। ७० औं मिनेटमा वर्षा ओलीको पास श्रीलंकाको डिफेन्डरलाई लागेर आएको बललाई मिनाले सही दिशा दिइन्। योसँगै मिनाले ह्याट्रिकको सफलता प्राप्त गरिन्।

यसपछि इन्जुरी समयको पहिलो मिनेटमा करिब २५ कार्ड टाढाबाट सरिताले हानेको फ्रि-किक प्रहार श्रीलंकाकी होल किपरको हातमा लाग्दै गोलमा परिणत भयो। यो सँगै नेपालले ७(० को जित हात पार्यो।पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३-२ होल अन्तरले हारेको थियो।

अब नेपालले बिहीबार श्रीलंकासँग नै खेल्नेछ। ४ टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष टोली च्याम्पियन बन्नेछ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...