दुई तिहाईको सरकार राष्ट्रियसभामा अल्पमतमा
काठमाडौं। नेपाली कांग्रेस-नेकपा एमालेसहितको वर्तमान गठबन्धन सरकारको अहिले प्रतिनिधिसभामा दुई तिहाई छ। तर, अब बहुमत गुमेको छ। राष्ट्रिय सभामा ३ सांसद रहेको जनता समाजवादी पार्टी, नेपालले आज बुधबार समर्थन फिर्ता लिएसँगै सत्तापक्षले राष्ट्रिय सभाबाट बहुमत गुमाएको हो।
५९ सदस्यीय राष्ट्रियसभामा बहुमत हुनका लागि ३० सदस्य आवश्यक पर्छ। तर, जसपा नेपालले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट अध्यक्षसहित १८, नेकपा एकीकृत समाजवादी पार्टीका ८ सदस्य छन्।
मनोनीत कोटाबाट नियुक्त भएका वामदेव गौतम पनि हालै एकीकृत समाजवादीमा खुलेका छन्। योसँगै राष्ट्रियसभामा एकीकृत समाजवादीको सदस्य संख्या ९ पुगेको छ।
१ सदस्य रहेको राष्ट्रिय जनमोर्चा पनि प्रतिपक्षमै छ। अब प्रतिपक्षमा ३१ र नेपाली कांग्रेसबाट १६, नेकपा एमालेबाट १० र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ र १ मनोनित गरी २८ जना सदस्य रहेका छन्। राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा परेसँगै प्रतिनिधिसभाबाट पास भएर गएका र राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकहरू पास हुन कठिन हुनेछ।
केही महत्त्वपूर्ण विधेयकहरू अलपत्र पर्ने देखिन्छ। यद्यपि सरकारले अध्यादेशमार्फत कारबाही अघि बढाउन भने सक्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...




