साफ यू २० महिला च्याम्पियनसिप : नेपालसँग दोस्रो पटक समान गोलले श्रीलंका पराजित
काठमाडौं। नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई दोस्रो पटक पराजित गरेको छ। बिहीबार बंगलादेशको ढाकास्थित वसुन्धरा स्पोर्ट्स मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो अन्तरले पाखा लगाएको हो।
पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो। नेपालको जितमा कुसुम खतिवडा र समिक्षा मगरले समान २ गोल गरे। पूर्णिमा राना, सरिता कुमारी र बिर्सना चौधरीले समान एक गोल गरे।
लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ७–० को जित दर्ता गरेको थियो। च्याम्पियनसिपमा लगातार चौथो हार भोग्दै उपाधि दौडबाट बाहिरिसकेको श्रीलंकाले चार खेलमा २६ गोल खाँदा एक गोल मात्र फर्काएको छ।
च्याम्पियनसिपमा नेपाली टोली घरेलु टोली बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। भुटानलाई भने ६–१ ले पाखा लगाएको थियो।
च्याम्पियनसिपमा नेपालले पर्सि शनिबार भुटानसँग खेल्नेछ। अन्तिम खेलमा बंगलादेशसँग खेल्ने तालिका छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




