राजनीति

रास्वपाको रविको पक्षमा वकालत गर्न संकलन गर्यो २४ लाख हस्ताक्षर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत ४६ लाख रूपैयाँ नगद जुटाएको छ। यस क्रममा २४ लाख हस्ताक्षर जुटेको पनि रास्वपाले दाबी गरेको छ।

बिहीबार पत्रकार सम्मेलनमा अभियान संयोजक दीपक बोहराले प्रस्तुत गरेको विवरणअनुसार, हालसम्म जम्मा भएको सहयोग रकम ४६ लाख १२ हजार ६३७ रूपैयाँ रहेको छ।

तर, खर्च भने ५९ लाख ६७ हजार भएको छ। १३ लाख ५४ हजार ४८६ रूपैयाँ घाटामा रहेको बोहराले जानकारी दिए। आम्दानीभन्दा खर्च बढी भएकाले अभियान अझै लामो समय चल्दा थप खर्च हुने अनुमान छ।

रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनसमर्थन जुटाउन असार ७ गतेदेखि अभियान सुरु गरेको थियो। यो अभियान कम्तीमा एक सय दिन चल्ने बताएको छ।

हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेका छन्। साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्‍याउन घरदैलो गर्नेछन्।

 

सम्बन्धित समाचार

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग

कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग

काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...