सोमवार, भदौ २, २०८२
English
Follow us:

साफ यू २० महिला फुटबल च्याम्पियनसिप

भुटानसँग दोस्रो पटक भिड्दै नेपाल

भुटानसँग दोस्रो पटक भिड्दै नेपाल

  • खबर सेवा

  • शनिबार, साउन ४, २०८२

  • 103
    SHARES
भुटानसँग दोस्रो पटक भिड्दै नेपाल

काठमाडौँ। नेपाल साफ यू २० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज भुटानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउसो २: ४५ बजेदेखि सुरु हुँदैछ। जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका चार खेलमा तीन जितसहित ९ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ।

नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। भुटानले भने ४ खेलमा एक जित हासिल गरेको छ। भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology