सोमवार, भदौ २, २०८२
English
Follow us:

पार्टीको हितविपरीत कामकारबाही सामाजिक सन्जालमा नलेख्नू : राप्रपा

पार्टीको हितविपरीत कामकारबाही सामाजिक सन्जालमा नलेख्नू : राप्रपा

  • खबर सेवा

  • शनिबार, साउन ४, २०८२

  • 70
    SHARES
पार्टीको हितविपरीत कामकारबाही सामाजिक सन्जालमा नलेख्नू : राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ।

आज राप्रपाको केन्द्रीय अनुशासन समितिकी अध्यक्ष एवं पार्टीकी वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी जानकारी दिए।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हितविपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्नरनगराउन हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology