खेलकुद

नेपाली महिला फुटबल टोलीका प्याट्रिकले दिए राजीनामा

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्।

एएफसी एसियन कप छनोटका दौरान कप्तानको विषयमा विवाद भएका कारण वाइल्ड राजनीमा दिने स्थितिमा पुगेका हुन्। गत जेठ २२ मा नियुक्त भएका वाइल्ड दुई महिना पनि पूरा नहुन नपाउँदै राजीनामा दिने स्थितिमा पुगेका हुन्।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले वाइल्डलाई पत्राचार गर्दै एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा ‘घटना विवरण’ दिन पत्राचार गरेको थियो। उक्त पत्रको जवाफमा वाइल्डले राजीनामा दिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए। पत्रमा उनले उल्लेख गरेका अन्य विषयमा भने खुलाइएको छैन।

उनको राजीनामाको विषयमा निर्णय भने भएको छैन। एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ क्लब विश्वकपका लागि अमेरिका गएका कारण उनी फर्केपछि मात्र राजीनामाको विषयमा निर्णय हुने प्रवक्ता शाहले बताए। उज्वेकिस्तानमा भएको एसियन कप छनोटका दौरान कप्तान छनोटको विषयमा प्रशिक्षक र एन्फा अफिसियलबीच विवाद भएको थियो।

विवादको क्रममा भएको ‘वास्तविकता’ बारे जानकरी दिन भन्दै एन्फाले पत्राचार गरेको थियो। त्यसको जवाफमा वाइल्डले राजीनामा पत्र पठाएका हुन्। वाइल्डले यसअघि छनोटकै दौरान एन्फा अफिसियलको विषयमा असन्तुष्टि जनाउँदै एन्फालाई इमेल गरेका थिए। छनोटको महत्वपूर्ण तथा निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एसियन कपमा छनोट हुन असफल भएको थियो। पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले पराजित भएको थियो।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...