राजनीति

ओली-विद्याबीच भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो। एमालेले भण्डारीको पार्टी सदस्यता ‘पेन्डिङ’ अवस्थामा राखेपछि अध्यक्ष ओलीसँग उनले भेटवार्ता गरेकी हुन्। दुवै जनाबीच ‘वन टू वन’ वार्ता भएको छ।

छलफलअघि पार्टी कार्यालयमा उपस्थित एमाले नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए। त्यसपछि अध्यक्ष ओली र नेतृ भण्डारीबीच ‘वन टू वन’ छलफल भएको हो।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विषयलाई विवादित नबनाइने बताए। पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपतिबीचको छलफल चलिरहेका बेला पाण्डेले सदस्यता नवीकरणसम्बन्धी विषय अध्यक्ष ओलीले नै टुंगो लगाउने बताए।

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...