रूपन्देही ३ मा हुने उपनिर्वाचन : असोज २१ मा उम्मेदवारी दर्ता, असोज २२ मा उजुरी
काठमाडौं। निर्वाचन आयोगले रूपन्देही ३ मा हुने उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आयोगले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो।
जसअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक सूचि सोही दिन साँझ ५ देखि ७ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।
उम्मेदवारको सूचीमा उजुरी दिन असोज २२ बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका छ।
उम्मेदवारी फिर्ताका लागि असोज २४ गते बिहान १० देखि १२ बजेको समय तोकिएको छ। आयोगले सोही दिन दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। सोही दिन साँझ ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ। मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
२०७९ को आम निर्वाचनमा रूपन्देही ३ बाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
ताजा अपडेट
-
१.
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
-
२.
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
-
३.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
४.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
५.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...




