राजनीति

कांग्रेसले भन्यो : विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किनु संविधानको भावना विपरीत

काठमाडौँ । नेपाली कांग्रेसका पाँच पूर्वपदाधिकारीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किनु संविधानको भावना विपरीत हुने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलबार बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेका पूर्व उपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्व सहमहामन्त्री डा। प्रकाशशरण महतले भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन् ।

भेटमा सहभागी श्रेष्ठले आफूहरूले सभापति देउवालाई पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएको जानकारी दिए ।

‘उहाँ ९पूर्व राष्ट्रपति भण्डारी० फेरि राजनीतिमा आएर गणतन्त्रलाई मजाक बनाउन भएन,’ आफूहरूले देउवालाई सम्झाएको विषय उद्धृत गर्दै श्रेष्ठले रातोपाटीसँग भने, ‘आएमा हामीले बनाएको संविधानको भावना विपरित हुन्छ ।’

भण्डारी पुनः राजनीतिमा फर्किए राजनीतिक बेइमानी हुने पनि कांग्रेसका पाँच भाइको भनाइ छ । ‘राजनीतिमा राष्ट्रपतिभन्दा माथिल्लो पद के हुन्छ रु केही पनि हुँदैन । त्यो पदमा पुगेपछि के पदमा पुग्नका लागि पुनः राजनीतिमा फर्कने,’ श्रेष्ठले भने, ‘तसर्थ फेरि राजनीतिमा आएमा त्यो राजनीतिक बेइमानी हुन्छ । यो विषय हामीले सभापतिलाई भनेका छौँ ।’

जवाफमा देउवाले यसबारे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइसकेको बताएका थिए ।आफू पनि राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन हुन्न भन्ने मान्यता राख्ने व्यक्ति भएको देउवाले बताएको श्रेष्ठले जानकारी दिए ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन् ।

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...