राजनीति

घनश्यामको प्रश्न : घुस खान नसकिने पार्टी, राज्य कहिले बनाउँछौँ?

काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताएका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताए।

भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बाँकी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उनको भनाइ छ। उनले मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताए।

उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाए। उनले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो? भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘आज सुशासन छैन। दलाल पूँजीवाद छ। त्यसको कारण आज रोजगारी छैन। मुलुकमा कुशासन हिजो पनि थियो। आज पनि छ। बेरोजगारी बढ्दै गएको छ। त्यसकारण हाम्रो क्रान्तिकारी आन्दोलन बासी भएपनि अझै पनि बाँकी छ। हामी घुस खान नसकिने पार्टी, राज्य कहिले बनाउँछौँ? त्यस्तो राज्य बनाउन सकिएला कि नसकिएला? यो प्रश्न असाधारण प्रश्न हो लाग्छ।’

सम्बन्धित समाचार

बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता

बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेपछि...

बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ

बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ

काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष...

१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?

१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्‌का सदस्यहरूको अन्तिम टुंगो लाग्ने क्रम जारी छ। हालसम्म प्राप्त जानकारीअनुसार बालेन मन्त्रिपरिषद्‌मा सुधन...

बालेन प्रधानमन्त्रीमा नियुक्त

बालेन प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को...