मङ्लबार, साउन १४, २०८२
English
Follow us:

यू २० टिमको सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी

यू २० टिमको सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी

  • खबर सेवा

  • मङ्लबार, साउन ७, २०८२

  • 32
    SHARES
यू २० टिमको सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी

काठमाडौं। एएफसी यू २० एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी नियुक्त भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चन्द्रालाई मंगलबार भुटानमा हुने एएफसी यू २० एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।

नवनियुक्त सहायक प्रशिक्षक भण्डारी नेपाली राष्ट्रिय महिला टोलीकी पाँचौँ कप्तानसमेत हुन्। भण्डारी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब ब्वाइज युनियनकी मुख्य प्रशिक्षकसमेत हुन् । उनको प्रशिक्षणमा ब्वाइज युनियनले ‘बी’ डिभिजन लिगको पछिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो।

छनोटमा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।

छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ। त्यसपछि दोस्रो खेल उत्तर कोरियासँग र अन्तिम खेल साउदी अरेबियासँग खेल्ने तालिका छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology