कति छ मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि सबैजसो विदेशी मुद्राको मूल्य लगातार बढ्दै आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा थियो। त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा छ। हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ थियो।
आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा थियो।आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा थियो। आज बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा छ। हिजो हराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३७ पैसा थियो।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




