मङ्लबार, साउन १४, २०८२
English
Follow us:

७३ जिल्लामा फैलियो डेंगु

७३ जिल्लामा फैलियो डेंगु

  • खबर सेवा

  • बिहिबार, साउन ९, २०८२

  • 42
    SHARES
७३ जिल्लामा फैलियो डेंगु

काठमाडौं। देशका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार डेंगुको संक्रमण गण्डकी र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको पाइएको छ।

सन् २०२५ को सुरुवातदेखि जुलाई २४ सम्म देशभर २ हजार २४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३२ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण देखिएको छ ।

प्रदेशगत रूपमा हेर्दा गण्डकीमा सबैभन्दा बढी ६२९ जना संक्रमित भएका छन्। पछिल्लो एक हप्तामा गण्डकीमा ४८ नयाँ बिरामी थपिएका छन्। त्यसपछि बागमती प्रदेशमा ४ सय ८९ जना र लुम्बिनी प्रदेशमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology