राजनीति

नाउपाको बैठक बोलाउन रञ्जितामाथि दबाब

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक बोलाउन २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

शुक्रबार नाउपाका पदाधिकारी तथा केन्द्रीय कमिटीका २० सदस्यको उपस्थितमा बसेको बैठकले पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिएको हो ।

यसरी अल्टिमेटम दिने नेताहरूमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन् । पार्टीलाई गतिशील बनाउनका लागि केन्द्रीय समिति बैठक आवश्यक भएपनि रञ्जिताले बोलाउन आनाकानी गरेको उनीहरूको भनाइ छ ।

आजको मितिले २४ घण्टाभित्र उनले बैठक नबोलाए ११ गतेका लागि काठमाडौँमा बैठक बस्ने समेत रञ्जितालाई जानकारी गराइएको पत्रमा उल्लेख छ । रञ्जितामाथि भ्रष्टाचार मुद्दाको अभियोग लागेको छ। उनीमाथि भूमि मन्त्री भएको रकम लिएको आरोप लागेको छ। कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख ‘घुसडिल’ प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेकी रञ्जिता मुछिएकी छन्। यसबारे खुलस्त गर्न पनि बैठक बोलाउन दबाब दिइएको हो।

 

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...