
काठमाडौँ। भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार सरकारद्वारा सञ्चालित विद्यालय भवन भत्किँदा सात बालबालिकाको मृत्यु भएको छ । ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
राजस्थानको राजधानी जयपुरबाट लगभग ४१२ किलोमिटर दक्षिणमा रहेको झालावार जिल्लाको मनोहर थाना क्षेत्रको पिपलोदी सरकारी विद्यालयमा विद्यालय भवन भत्किएको हो ।
घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार एक तल्ले भवनको छाना र पर्खाल भत्किएको थियो ।