सोमवार, साउन १३, २०८२
English
Follow us:

राष्ट्रिय व्यवसायी महासङ्घकी उपाध्यक्ष खड्का जनमत पार्टीमा प्रवेश

राष्ट्रिय व्यवसायी महासङ्घकी उपाध्यक्ष खड्का जनमत पार्टीमा प्रवेश

  • खबर सेवा

  • आइतवार, साउन १२, २०८२

  • 13
    SHARES
राष्ट्रिय व्यवसायी महासङ्घकी उपाध्यक्ष खड्का जनमत पार्टीमा प्रवेश

काठमाडौँ। राष्ट्रिय व्यवसायी महासङ्घकी प्रथम उपाध्यक्ष लक्ष्मी खड्का जनमत पार्टीमा प्रवेश गरेकी छन् । आइतबार काठमाडौँको मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

खड्कासहित विभिन्न व्यवसाय र पेसामा संलग्न उद्योगी–व्यवसायीहरू पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि जनमत पार्टीका अध्यक्ष डा। राउतले स्वागत मन्तव्य दिँदै पार्टी सबै जात, वर्ग, भाषा, संस्कृति र समुदायको साझा राजनीतिक थलो भएको स्पष्ट पारे ।

उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायमा आधारित नयाँ राजनीतिक संस्कृतिका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताए ।पार्टी प्रवेश गरेसँगै खड्कालाई बागमती प्रदेश समिति खस–आर्यका राष्ट्रिय संयोजक दिइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology