अर्थ

लोडसेडिङ फर्किएको हल्ला मात्र हो ; विद्युत प्राधिकरण

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३-११ के।भी। सबस्टेसनमा न्यू भरतपुर ९बसेनी० सबस्टेसनबाट आउने ३३ के।भी। लाइनमा बढेको अत्यधिक सोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको प्राधिकरणले उल्लेख गरेको छ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ के।भी। सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के।भी। लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माणपछि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने प्राधिकरणले जनाएको हो।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई लोडसेडिङ तालिकाू भन्न नमिल्ने प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यसलाई उसले अनुचित र भ्रामक रहेको टिप्पणी समेत गरेको छ।

सम्बन्धित समाचार

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ...

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ ।...

नयाँ मन्त्रीलाई सरकारी आवास समस्या

नयाँ मन्त्रीलाई सरकारी आवास समस्या

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम धमाधम आइरहेको छ । अबको केही दिनमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने...