खेलकुद

यू २० महिला एसियन कप छनोट खेल्ने टोली घोषणा

काठमाडौँ । २० वर्षमुनीको महिला एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ। भुटानको थिम्पुमा आयोजना हुने टोलीको कप्तानी बिर्सना चौधरी गर्ने अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले जनाएको छ। चौधरीको नेतृत्वम कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।

समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन्।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन्।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...