
काठमाडौँ। सुनको मूल्य आज स्थिर छ। आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ९५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।