सोमवार, साउन १३, २०८२
English
Follow us:

सिराहामा भाइले गरे दाइको हत्या

सिराहामा भाइले गरे दाइको हत्या

  • खबर सेवा

  • सोमवार, साउन १३, २०८२

  • 25
    SHARES
सिराहामा भाइले गरे दाइको हत्या

काठमाडौँ। सिराहामा भाइले दाइको हत्या गरेका छन्। गोलबजार नगरपालिका ३ पुरन्डी टोलमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। मृतक ३५ वर्षीय लेला भनिने मोतिराम सदा हुन्। उनको हत्या आरोपमा प्रहरीले २५ वर्षीय भाइ भुटका भन्ने श्यामकुमार सदालाई आइतबार पक्राउ गरेको हो।

डीएसपी पासवानका अनुसार घटना गत बिहीबार राति पौने ९ बजेतिरको हो। प्रहरीलाई झगडा भइरहेको भन्ने खबर भएको थियो। उक्त सूचनापछि इलाका प्रहरी कार्यालय गोलबजारबाट टोली खटिएको थियो।

प्रहरी घटनास्थलमा पुग्दा दाइ मोतिराम घाइते अवस्थामा भेटिएका थिए। हतियार प्रहारबाट उनको छातीमा गम्भीर चोट लागेको थियो। प्रहरीले उनलाई प्रादेशिक अस्पताल लगेको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। घटनास्थलबाट भाइ श्यामकुमार भने फरार भएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्यामकुमारले आफ्नी १९ वर्षीया श्रीमती कौसिला देवीमाथि कुटपिट गरिरहेका थिए।

कुटपिट गरेपछि दाइ मोतिराम छुटाउन गएको डिएसपी पासवानले बताए। त्यसै क्रममा भाइ श्यामकुमारले धारिलो हतियार प्रहार गरेका हुन्। घटनापछि फरार भएका श्‍याम कुमारलाई प्रहरीले सिरहा ‌ओरही गाउँपालिका ३ जमुवा नहरबाट भारत भाग्दै गरेको अवस्थामा फेला पारेको हो। आइतबार जिल्ला अदालत सिरहाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले लिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology