समाचार

सिराहामा भाइले गरे दाइको हत्या

काठमाडौँ। सिराहामा भाइले दाइको हत्या गरेका छन्। गोलबजार नगरपालिका ३ पुरन्डी टोलमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। मृतक ३५ वर्षीय लेला भनिने मोतिराम सदा हुन्। उनको हत्या आरोपमा प्रहरीले २५ वर्षीय भाइ भुटका भन्ने श्यामकुमार सदालाई आइतबार पक्राउ गरेको हो।

डीएसपी पासवानका अनुसार घटना गत बिहीबार राति पौने ९ बजेतिरको हो। प्रहरीलाई झगडा भइरहेको भन्ने खबर भएको थियो। उक्त सूचनापछि इलाका प्रहरी कार्यालय गोलबजारबाट टोली खटिएको थियो।

प्रहरी घटनास्थलमा पुग्दा दाइ मोतिराम घाइते अवस्थामा भेटिएका थिए। हतियार प्रहारबाट उनको छातीमा गम्भीर चोट लागेको थियो। प्रहरीले उनलाई प्रादेशिक अस्पताल लगेको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। घटनास्थलबाट भाइ श्यामकुमार भने फरार भएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्यामकुमारले आफ्नी १९ वर्षीया श्रीमती कौसिला देवीमाथि कुटपिट गरिरहेका थिए।

कुटपिट गरेपछि दाइ मोतिराम छुटाउन गएको डिएसपी पासवानले बताए। त्यसै क्रममा भाइ श्यामकुमारले धारिलो हतियार प्रहार गरेका हुन्। घटनापछि फरार भएका श्‍याम कुमारलाई प्रहरीले सिरहा ‌ओरही गाउँपालिका ३ जमुवा नहरबाट भारत भाग्दै गरेको अवस्थामा फेला पारेको हो। आइतबार जिल्ला अदालत सिरहाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले लिएको छ।

सम्बन्धित समाचार

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...