सोमवार, साउन १३, २०८२
English
Follow us:

एन्फाका पदाधिकारीसँग ओलीको घोषणा : सूर्यविनायकमा सुविधासम्पन्न रंगशाला बनाउनुपर्छ

एन्फाका पदाधिकारीसँग ओलीको घोषणा : सूर्यविनायकमा सुविधासम्पन्न रंगशाला बनाउनुपर्छ

  • खबर सेवा

  • सोमवार, साउन १३, २०८२

  • 31
    SHARES
एन्फाका पदाधिकारीसँग ओलीको घोषणा : सूर्यविनायकमा सुविधासम्पन्न रंगशाला बनाउनुपर्छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला सानो भएकाले ठूलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गरे।

त्यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले उक्त नगरको वडा नं ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने अवगत गराए।

प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology