दक्षिण कोरियासँग वार्ता गर्न कुनै रुचि छैन : उत्तर कोरिया
काठमाडौँ। दक्षिण कोरियासँग वार्ताबारे उत्तर कोरियाले चिसो जवाफ फर्काएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एउटा विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले आफ्नो सरकारलाई जेसुकै प्रस्ताव गरे पनि, अब दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक नभएको बताएकी हुन् ।
किम यो जोङको यो भनाइले अहिले उत्तर कोरियाली सरकार रुससँगको सम्बन्ध विस्तारमा व्यस्त रहेको र निकट भविष्यमा दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्ने उसको कुनै मनसाय नभएको स्पष्ट हुन्छ ।
‘हामी फेरि एक पटक हाम्रो आधिकारिक अडान स्पष्ट पार्न चाहन्छौँ, दक्षिण कोरियाले जुनसुकै नीति अपनाए पनि वा जेसुकै प्रस्ताव गरे पनि, हामीलाई उनीहरूसँग वार्तामा कुनै चासो छैन र न त वार्ताको कुनै कारण नै छ,’ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम यो जोङलाई उद्धृत गर्दै भनेको छ । किमलाई दक्षिण कोरियामा धेरै शक्तिशाली मानिन्छ । यस्तो अवस्थामा किम यो किमको भनाइलाई उत्तर कोरियाली सरकारको आधिकारिक अडान मान्न सकिन्छ ।
ली जे म्युङको नेतृत्वमा रहेको दक्षिण कोरियाली सरकारले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न पहल गरिरहेकै समयमा किमको यो भनाई आएको हो । उत्तर कोरियासँग वार्ता गर्ने तत्परता देखाउँदै दक्षिण कोरियाले सीमामा जडान गरिएका लाउड स्पीकरहरूको प्रसारण बन्द गरेको छ । यी लाउड स्पीकरहरू मार्फत उत्तर कोरियाली सरकार विरुद्ध प्रचार गरिन्थ्यो । सीमापार पठाइने प्रचार बेलुनहरू उडाउन प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाबाट गल्तीले दक्षिण कोरिया पुगेका मानिसहरूलाई पनि फिर्ता पठाइरहेको छ । यी कदमहरूलाई उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न दक्षिण कोरियाको पहलको रूपमा हेरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




