समाचार

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका...