अन्तर्राष्ट्रिय

रूसद्वारा युक्रेनको जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइल आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई युक्रेनसँग सम्झौता नगरेमा कडा प्रतिबन्ध र करको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

रूसले युक्रेनको दक्षिण–पूर्वी जापोरिजिया क्षेत्रमा रहेको जेललाई निसाना बनाएर हवाई आक्रमण गरेको हो । यो आक्रमण सोमबार राति भएको थियो ।

आक्रमणका क्रममा जेललाई निसाना बनाएर चारवटा बम खसालिए । यसमा कम्तीमा १७ कैदीको मृत्यु भएको छ र ८० भन्दा बढी घाइते भएका छन् ।

केन्द्रीय युक्रेनको डनीप्रो क्षेत्रमा रूसी मिसाइलहरूले तीनतले भवनलाई निसाना बनाए र नजिकैका चिकित्सा संस्थाहरूलाई क्षति पुर्‍याएको छ । रूसी आक्रमणमा प्रसूति अस्पताल र सहरको एक अस्पताल वार्डसहित नजिकैका धेरै चिकित्सा सुविधाहरू क्षतिग्रस्त भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार, यो आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको छ र आठजना घाइते भएका छन् । जसमा एक गर्भवती महिला पनि छन्, जसको अवस्था गम्भीर छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देशभरका ७३ सहर र गाउँहरूलाई रूसले निसाना बनाएको बताए । यी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको बताउँदै जेलेन्स्कीले टेलिग्राममा भने, “यी जानाजानी गरिएका आक्रमणहरू हुन्, आकस्मिक होइनन् ।”

युक्रेनी वायुसेनाले रूसले रातको समयमा दुईवटा इस्कान्डर–एम बैलिस्टिक मिसाइल र ३७ शाहेद–प्रकारका आक्रमणकारी ड्रोन तथा डिकोय ड्रोनहरू प्रक्षेपण गरेको बतायो । तीमध्ये ३२ शाहेद ड्रोनलाई युक्रेनी रक्षा प्रणालीले नष्ट वा निष्क्रिय गरेको छ।

मध्यरातको आसपासमा रूसले बिलेन्किव्स्का सुधार संरचनामाथि आक्रमण गर्‍यो, जसले जेलको भोजन कक्ष पूर्ण रूपमा नष्ट भएको छ र अन्य प्रशासनिक तथा क्वारेन्टाइन भवनहरूलाई क्षति पुगेको छ ।

यद्यपि, जेलको परिधिको बारलाई कुनै क्षति नपुगेकाले कुनै कैदी भाग्न पाएनन् ।

आक्रमणमा कम्तीमा ४२ कैदीहरूलाई गम्भीर चोटसहित अस्पताल भर्ना गरिएको छ । अन्य ४० जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूले यो आक्रमणको निन्दा गरे र जेलजस्ता नागरिक संरचनामाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध भएको बताए ।

युक्रेनले रूसी आक्रमणको जवाफ दिन आफ्नो लामो दुरीको ड्रोन प्रविधिको प्रयोग गर्‍यो, जसद्वारा रूसको तेल डिपो र हतियार निर्माण कारखानाहरूलाई निसाना बनायो । रूसको रक्षा मन्त्रालयले मंगलबार रातभरमा ७४ युक्रेनी ड्रोन खसालिएको बतायो।

जसमध्ये ४३ ब्रायन्स्क क्षेत्रमा थिए । रूसको रोस्तोव क्षेत्रका प्रमुख यूरी स्ल्यूसरले साल्स्क सहरमा ड्रोन आक्रमणमा एकजनाको मृत्यु भएको र साल्स्क रेलवे स्टेसनमा आगलागी भएको बताइएको छ ।

एक मालगाडी जलेको छ भने यात्री रेलका दुई डिब्बाका झ्यालहरू फुटेका छन् । यात्रुहरूलाई सुरक्षित निकालिएको र रेलवे यातायात स्थगित गरिएको बताइएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...