राजनीति

विराटनगरबाट शेखरको सन्देश ; दलको नेता फेर्न सकिन्न, सरकारले सही काम गरेन

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्।

संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको पनि बताए।

‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’ विराटनगरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, चिन्ता गर्नुपर्दैन।’

कोइरालाले कांग्रेस(एमाले समीकरणको अहिलेको संघीय सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी पनि गरेका छन्।

‘यो समीकरण र सरकार २०८४ सम्म नै जाओस्,’ उनले भने, ‘तर सरकार राम्रोसँग चलाउनुपर्‍यो, अहिले राम्रोसँग चलेको छैन।’

सम्बन्धित समाचार

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...