
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै एक कार्यकर्तामाथि हातपात गरेका छन् ।
लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई कुटपिट गरेको आरोप लागेको हो ।
कुटपिटमा परेका गैरेले आफूलाई छत्रले हेलमेटले अन्धाधुन्द प्रहार गरेको बताए।
कुटपिटबाट कुनै चोटपटक नलागेपनि रिँगटा लाग्नेलगायतका समस्या भएपछि आफू अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको उनले बताए । यस्तै उनले छत्रविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी समेत दिएका छन् ।छत्रले गैरेमाथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी आरोप लगाउँदै एकाएक कुटेर भोगेको बताइएको छ ।
गैरेले गत निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट गत प्रदेशसभा सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए ।
घटनाका यसबारेमा प्रतिक्रिया लिन रातोपाटीले खडायतलाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर स्विच अफ छ ।