राजेन्द्र लिङ्देनका स्वकीयले गरे राप्रपा युवकमाथि हातपात
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै एक कार्यकर्तामाथि हातपात गरेका छन् ।
लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई कुटपिट गरेको आरोप लागेको हो ।
कुटपिटमा परेका गैरेले आफूलाई छत्रले हेलमेटले अन्धाधुन्द प्रहार गरेको बताए।
कुटपिटबाट कुनै चोटपटक नलागेपनि रिँगटा लाग्नेलगायतका समस्या भएपछि आफू अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको उनले बताए । यस्तै उनले छत्रविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी समेत दिएका छन् ।छत्रले गैरेमाथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी आरोप लगाउँदै एकाएक कुटेर भोगेको बताइएको छ ।
गैरेले गत निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट गत प्रदेशसभा सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए ।
घटनाका यसबारेमा प्रतिक्रिया लिन रातोपाटीले खडायतलाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर स्विच अफ छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




