खेलकुद

अस्ट्रेलियामा हुने टप इन्ड टी २० सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । अस्ट्रेलियामा सुरु हुने टप इन्ड टी २० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

सोमबार नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा उपकप्तानका रूपमा दीपेन्द्रसिंह ऐरीलाई राखिएको छ ।

प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ । अन्य टोलीमा बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरू सहभागी हुनेछन् ।

एनटीको स्थानीय दुई टोलीको समेत सहभागिता रहनेछ । खेल तालिकाअनुसार नेपालले पहिलो खेल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग अगस्ट १५ मा खेल्नेछ ।

नेपालले यस सिरिजलाई टी–२० विश्वकप–२०२६ को एसिया छनोटको रूपमा लिएको छ । विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा हुनेछ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...