राजनीति

नेपालचीनबीच कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवमा गीत रचना

काठमाडौँ।  नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको महत्वपूर्ण अवसरमा ‘हिमालय’ बोलको गीतको रचना गरिएको छ ।

नेपाल र चीन दुई देशका जनताबीचको गहिरो मित्रतालाई सम्मानस्वरूप तयार गरिएको ‘हिमालय’ बोलको एक भावपूर्ण गीतमा पहाड र नदीहरूभन्दा परको मित्रतालाई उजागर गरेको भावलाई समेटिएको छ ।

गीतको शब्द चीनका लागि नेपाली राजदूत महामहिम डा. कृष्णप्रसाद ओलीले लेख्नुभएको हो । यो उहाँको कविता बाट प्रेरित रहेको छ। यस्तै गीतमा सनचन विश्वविद्यालय अन्तर्राष्ट्रिय कोएरका निर्देशक तथा मोस्ट ब्यूटिफुल हार्मोनी प्रोजेक्टका संस्थापक शिन मुनसपले संगीत दिनुभएको छ ।

गीतलाई सीमाभन्दा माथि उठेर नेपाल र चीनका युवाहरुको टोली सिनो-नेपाली टोलीले गाएका छन् । गीतमा संगीतकार शिन मुनसप, सनचन विश्वविद्यालय अन्तर्राष्ट्रिय कोएरका निर्देशक सन् वेनसिए, सनचन विश्वविद्यालय अन्तर्राष्ट्रिय कोएरका महासचिव फाङ स्याओयीङ, प्रचार विभागका उपनिर्देशक लिन जियाहुई, लुम्बिनी बौद्ध विश्वविद्यालयका वाङ यान र प्रशान्त, तथा युवा नेपाली गायिका स्मारिका फुयाल र गायक प्रसून संग्रौलाको आवाज रहेको छ । टोलीले यस गीतलाई मित्रता र सपनाहरूलाई जोड्ने पुलको रूपमा प्रयोग गरेको छन् ।

गीतमा नेपाल र चीनबीच रहेको मैत्रीको भावनात्मक र सांस्कृतिक समिश्रणलाई अझ जीवन्त रूपमा समेट्नका लागि नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ ।  गीतको भिडियोलाई काठमाडौं, पोखरा, सराङकोट, भक्तपुरलगायतका स्थानहरूमा छायांकन गरिएको छ । गीतको भिडियो तयार हुँदै गरेको र छिट्टै यसलाई सबैका लागि सार्वजनिक गरिने गीतका संगीतकार शिन मुनसपको भनाइ छ । शिन मुनसप र फाङ स्याओयीङ छायांकन गर्नुभएको भिडियोलाई शिन मुनसपले नै सम्पादन र निर्देशन गर्नुभएको हो ।

सुन्दर प्राकृतिक दृश्यावली र सांस्कृतिक वातावरणमा छायांकन गरिएको हिमालय गीतको भिडियो, धुन र संस्कृति सबैको मन छुने निर्देशक शिन मुनसपले आशा व्यक्त गर्नुभएको छ ।

हिमालय गीतले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको ऐतिहासिक यात्रा भित्र एक अमूल्य सम्झनाको रूपमा स्थापित हुने टोलीको विश्वास रहेको छ । दुई देशका जनताबीच आत्मिक भाव जगाउन गीत भूमिका खेल्नुका साथै गीतले नेपाल चीनको मित्रतालाई झल्काउने संगीतकार शिन मुनसपको भनाइ छ ।

गीतलाई गायकहरुले नेपाल-चीन सम्बन्ध स्थापना दिवसको कार्यक्रमको अवसरमा पैचिङ र नेपालमा आयोजित कार्यक्रममा प्रस्तुत गरिसकेका छन् ।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...